Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्यात अनुदान १० प्रतिशत पुर्याउनुपर्ने पोसाक संघको सुझाव


काठमाडौं । नेपाल तयारी पोसाकले उद्योग संघलाई निर्यातका  दिइने नगद अनुदान बढाउन गरेको  छ । संघले आगामी आव २०८०,८१ को बजेटमार्फत निर्यातमा दिइने नगद अनुदान बढाएर १० प्रतिशत पुर्याउन माग गरेको हो ।

संघले आगामी बजेटमा समावेश गर्न भन्दै १७ बुँदे सुझाव नेपाल सरकारमा बुझाएको छ । जसमा अनुदान बढाउनुपर्नेदेखि निर्यातकर्तालाई ८० प्रतिशतसम्म चालू पुँजी कर्जा सुविधा उपलब्ध गराउनुपर्नेलगायतका सुझाव रहेका छन् ।

त्यस्तै, सहुलियतपूर्ण कर्जा सुविधा दिइनुपर्ने र निर्यातको १ प्रतिशतबराबर प्रवद्र्धनमा खर्च गरिनुपर्नेसमेत संघको सुझाव छ । संघका अध्यक्ष पशुपतिदेव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयसहित सरकारका विभिन्न निकायमा पेस गरेको सुझावमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउनुपर्ने, कोरोनाकालमा उपलब्ध गराइएको कर्जा अवधि ३ वर्ष पुर्याइनुपर्नेलगायत  सुझावसमेत उल्लेख छ ।