काठमाडौं । बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ थियो भने तेजाबी सुनको प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार रहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।