Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको अन्तिम सम्झौता

‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालनमा...


सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं, ९ जेठ । सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका   हुन् । गत पुस अन्तिम साता मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी बैंकले करिब साढे चार महिनापछि अन्तिम सम्झौता गरेका हुन् । यी बैंकबीच समान सेयर मिलान अनुपात १— १ (स्वाप रेसियो)का आधारमा मर्जर तय भएको छ । यसको अर्थ मर्जरपछि पनि दुबै बैंकका सेयरधनीको सेयर कित्ता हालकै बराबर हुने छ ।

मर्जर पूरा भएपछि यो बैंक ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालनमा आउने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह हुनेछन् । शाह हाल लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंक सञ्चालक समितिमा दुबै बैंकबाट तीनरतीन जनाले प्रतिनिधित्व गर्नेछन् भने एक जना स्वतन्त्र सञ्चालक हुनेछन् । अन्तिम सम्झौतापछि दुबै बैंकले आ—आफ्नो साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्नुपर्नेछ । त्यसपछि मात्र मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयसमक्ष आवेदन दिनुपर्ने छ । ती निकायबाट स्वीकृति पाएपछि मात्र बैंकलाई एकिकृत कारोबार गर्न बाटो खुल्नेछ । यसरी हेर्दा चालु आर्थिक वर्ष भित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी मर्जर समितिले गरेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी करिब २१ अर्ब ६७ करोड पुग्ने बताइएको छ । यी बैंकको मर्जर पूरा भएपछि वाणिज्य बैंकको संख्या घटेर २० वटामा झर्नेछ ।