Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

के तपाई एक्स एप चलाउन हुन्छ ? अब पैसा लाग्न सक्छ !


के तपाई एक्स एप चलाउन हुन्छ ? अब पैसा लाग्न सक्छ !

एजेन्सी । यसअघि ट्विटरका रूपमा चिनिएको एक्स एप चलाउन अब सम्पूर्ण प्रयोगकर्ताले थोरै भए पनि शुल्क तिर्नैपर्ने व्यवस्था लागू हुनसक्ने अनुमान गरिएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुसँगको भेटमा एक्सका मालिक इनल मस्कले शुल्क अनिवार्य गर्ने विषय उल्लेख गरेका थिए । एक्सलाई सब्स्क्रिप्सनमा आधारित प्लाटफर्म बनाउँदा यसमा रहेका बट एकाउन्ट न्यूनीकरणमा सहयोग हुनसक्ने इलनको अपेक्षा छ । हालसम्म निस्शुल्क उपलब्ध रहेको एक्सबारे इलनले भनेका थिए, ‘एक्स प्लाटफर्म प्रयोग गर्न अब हामी सानो मासिक भुक्तानी लिनेबारे सोच्दै छौं ।’

यसरी शुल्क तोक्दा बट एकाउन्टहरू चलाउनेलाई महँगो पर्न जाने र त्यसले फर्जी एकाउन्टको संख्या स्वतः घट्ने उनको भनाइ छ । एक्समा हुने गरेका जातिविरोधी र घृणास्पद अभिव्यक्तिबारे प्रश्न गर्दै प्रधानमन्त्री नेतान्याहुले इलनलाई घृणास्पद अभिव्यक्ति फैलाउने ‘बटहरूको जत्था’ नियन्त्रणमा के गर्न सकिन्छ भनेर सोधेका थिए । आर्टिफिसिलय इन्टेलिजेन्सका विषयमा गफिँदै गर्दा नेतान्याहुले जातविरोधी कमेन्ट लेख्न पाउने व्यवस्था हटाउन भनेका थिए । ‘पक्कै पनि म जात विरोधीहरूको विरुद्धमा छु,’ इलनले भनेका थिए, ‘म वास्तवमै कुनै पनि घृणा र द्वन्द्वलाई बढावा दिने विषयको विरोधी हुँ, म त्यसको पक्षमा छु जसले समाजलाई सहयोग गर्छ र समग्र मानवताका लागि उचित भविष्यतर्फ लैजान्छ ।’

सन् २०२२ को अक्टोबरमा इलनले तत्कालिन ट्विटर खरिद गरेदेखि नै विभिन्न किसिमका परिवर्तनहरू गर्दै आएका छन् । उनले सुरुमा मासिक ८ डलर तिरेर ट्विटर ब्लुको सब्स्क्रिप्सन लिन मिल्ने व्यवस्था लागू गरेका थिए । गत जुलाइमा उनले दैनिक रूपमा पढ्न मिल्ने ट्विटहरूको संख्या तोकिदिए । भेरिफाइड एकाउन्टबाट दैनिक ६ हजार र भेरिफाइड नभएकाबाट दैनिक ६ सयवटा पोस्ट हेर्न सकिने बनाए । यसपालि उनले संकेत गरेझैं सम्पूर्ण प्रयोगकर्तालाई शुल्क तोक्ने विषय पुष्टि भइसकेको छैन तर लामो समयदेखि बट एकाउन्ट नियन्त्रणमा इलनको पहल रहँदै आएकाले यो कार्यान्वयनमा नआउला भन्न सकिँदैन । हाल एक्स प्रिमियम खाता चलाउन शुल्क लिँइदै आएको छ । यद्यपि, ठूलो संख्याका प्रयोगकर्ताले निःशुल्क भर्सन चलाइरहेका छन् ।