काठमाडौं । सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उचाई बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको मूल्य रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।